दोलखामा बस दुर्घटना, एकको मृत्यु

काठमाडौं ।  दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–८ बोचमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रोकिराखेको बस दुर्घटना हुँदा वैत्यश्वर गाउँपालिका– ३ मिर्गेकी ७० वर्षीया कुमारी तामाङको मृत्यु भएको छ ।

दोलखाको गैरीमुदीबाट काठमाडौंका लागि छुटेको बा ३ ख २९९७ नम्बरको बसमा २० जना यात्रु रहेका थिए । बोचमा पुगेपछि डिजेल सकिएर बस रोकिएको थियो । रोकिएकै बस अचानक पल्टिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री