रामेछापमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं ।  रामेछापको दोरम्बा गाउँपालिकामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । मृत्यु हुनेमा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ कि १० वर्षीया सुवानी श्रेष्ठ र १२ वर्षीया दिलकुमारी  श्रेष्ठको मृत्यु भएको छ ।

दोलखाको सैलुङ गाउँपालिका-८ भैसे जाँदै गरेको बा १३ च ७०९५ नं को गाडी दुर्घटनमा परेको हो ।  घाइतेहरुलाई उपचारका लागि दोरम्बास्थित स्वास्थ्य चौकीमा ल्याइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री