काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सेवामा छुट दिने सम्झौता भएको छ।
उक्त सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक अपूर्व प्रसाद जोशी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरे।
सम्झौताअनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट कार्डवाहक तथा बैंकका सम्पुर्ण ग्राहकवर्गहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभर सञ्चालनमा रहेको होटल तथा रेष्टुरेन्टबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्नेछन्।
तपाईंको प्रतिकृया




