काठमाडाै । सगरमाथा इन्स्योरेन्स कम्पनी र ग्रिनसिटी अस्पतालबीच अस्पतालले प्रदान गर्ने सुबिधाहरुमा छुट उपलब्ध गराउने संझौता भएको छ ।
उक्त संझौताअनुसार सगरमाथा इन्स्योरेन्स कम्पनीबा६ मोटरबीमा गर्ने ग्राहकहरुलाई उपलब्ध गराईएको VIP CARD प्रयोगकर्ताहरुका लागी र कम्पनीका कर्मचारीहरुलाई ग्रिनसिटी अस्पतालमा उपचार गर्दा अस्पतालले प्रदान गर्ने बिभिन्न सेवा सुबिधामा छुट पाउनेछन् ।
साे सम्झौतामा सगरमाथा ईन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री र ग्रिनसिटी अस्पतालका तर्फबाट अध्यक्ष लाेक बहादुर टण्डनले स्वास्थ्य उपचार सेवा सम्वन्धि सम्झौतामा हस्ताक्षर गरे ।
तपाईंको प्रतिकृया



