अर्घाखाँचीमा कार दुर्घटना हुदाँ तीनको मृत्यु

काठमाडौं ।   अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नरपानीमा कार दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको  छ। मृत्यु हुनेहरुमा दुर्गादेवी खड्का, भक्तबहादुर खड्का र तिलबहादुर खड्का   छन् । रुपन्देहीको सैनामैनाबाट सन्धिखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्बरको कार दुर्घटनामा परेको थियो ।

दुर्घटनामा  कार चालक गंगाबहादुर खड्का र बालक बिनोद खड्का घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप