बैंक अफ काठमाण्डूद्धारा दुई शाखा विस्तार

काठमाडौं ।  बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप विस्तार गर्ने उद्देश्यले बिराटचोक तथा इमाडोलमा आफ्नो शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

विराटचोक शाखा कार्यालय बैंकका संचालक प्रा.डा. हेमराज सुबेदी, मध्यप्रदेश सभाका राजकुमार ओझा तथा उद्योग वाणिज्य संघ सुन्दर हरैचाका अध्यक्ष नवराज चापागाईँको उपस्थितमा उद्घाटन गरिएको  थियो भने इमाडोल शाखा कार्यालय  बैंकका संचालक संजय बहादुर शाह तथा महालक्ष्मी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नन्द कुमार न्यौपानेको उपस्थितमा गरिएको  थियो ।यी शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री