हाम्राकुराका सम्पादक शिवाकोटीमाथि आक्रमणको योजना, प्रहरीलाई दिए जानकारी

काठमाडौं । नेकपाका प्रभावशाली नेता  कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गरेका हाम्राकुरा डटकमका सम्पादक अजयबाबु शिवाकोटीमाथि सुरक्षा चुनौति देखिएको छ। सम्पादक शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको शिवाकाेटीले वताएका छन् ।

समाचार सार्वजनिक भएकै बेलादेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गरेका समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको शिवाकाेटी वताउँछन्। बानेश्वरका दुई रेष्टुरेण्टमा मंगलवार र बुधबार केहि समूहले हाम्राकुराको कार्यालय तथा सम्पादक शिवाकोटीमाथि क्षति पुर्‍याउने नियतका साथ योजना समेत वनाएकाे वताइएकाे छ । समाचार ब्रेक गरेकाे बहानामा कुनैपनि सन्चारकर्मीमाथी यस्ताे हर्क नहाेस् ।

महराले दुर्व्यवहार गरेकाे हाम्राकुरासँग फेहरिस्त जानकारी गराएकी पीडित राेशनी शाहले बयान फेर्दै अाफूमाथी बलात्कार नभएकाे वताएकी छन् । केहि समय अगाडि  उनी र श्रीमान्ले डिभाेर्स गरेकाे समाचार सामाजिक सन्जालमा फैलिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप