एनर्जाइजरको पावर बैंकहरु अब नेपाली बजारमा

काठमाडौं । आईएमएस ग्रुप नेपालमा एनर्जाइजर पावर बैंकहरुको लागि एक मात्र आधिकारिक वितरक भएको छ ।
एनर्जाइजर, ब्याट्री, पोर्टेबल ब्याट्री, पोर्टेबल फ्ल्यास् लाईटहरु र लालटिनको उत्पादन गर्ने विश्वको ठूलो निर्माता हो । एनर्जाइजर विश्वकै प्रख्यात गतिशिल लिडर हो ।
एनर्जाइजरले निरन्तररुपमा टेक्नोलोजी नवप्रवर्तक भई पावर बैंक र वायरलेस चार्जिङ्गको उत्पादन गर्दै आएको छ । जसले मानिसको आज र भोलीको जीवन सरल पारेको छ । एनर्जाइजरसँग शक्तिशाली र पोर्टेवल दायराका पावर बैंकहरु छन् । जसले तपाईंको एन्ड्रोइड वा एप्पल स्मार्टफोन र अन्य विद्युतिय उपकरणहरु तुरुन्त चार्ज गर्नेछ ।

हाल कम्पनीले एनर्जाइजरको उत्पादनहरू स्मार्टडोको मार्फत उपलब्ध गराएको छ, जुन नेपालका अग्रणी अनलाइन मेगास्टोरहरू मध्ये एक हो र चाँडै नै देशभर मोबाइल फोन आउटलेटहरूमा उपलब्ध हुनेछ ।

“नेपालमा अन्तर्राष्ट्रिय ब्राण्ड एनर्जाइजरको वितरक हुन पाउँदा हामी अत्यन्तै खुसी र गर्व महशुस गर्दछौं । मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत क्रम प्रदान गर्न हाम्रो दृष्टिकोणको साथ, हामी अब नयाँ ऊर्जा प्रविधिको परिचय गर्दैछौं जुन हाम्रो राष्ट्रका नागरिकहरूको लागि नयाँ प्रविधिको साथ अगाडि बढ्नको लागि विश्वको पहिलो नवीनतम् र उदाउँदो प्रविधिहरूको पर्यायवाची हो ।

साथै, यो पिढी यस्तो हो जहाँ स्मार्टफोन वा ग्याजेटहरू हामीसँग चौबिसै घण्टा हुन्छ, जसलाई तत्काल शक्ति बढाउन आवश्यक पर्दछ । त्यसकारण हाम्रा उपभोक्ताका आवश्यकताहरू पूरा गर्न, सहज र सुविधा प्रदान गर्न हामीले यो अन्तर्राष्ट्रिय ब्रान्ड, एनर्जाइजरको परिचय गराएका छौं ताकी उनीहरूको अनुभवलाई निरन्तर सुधार गर्न र प्रत्येक पक्षमा उनीहरूको अनुभवमा बृद्धि गर्न र उनीहरूको जीवनमा ठोस उत्थान ल्याउन मदत पुराउछ । ”आईएमएस ग्रुपका अध्यक्ष र सीईओ  दिकेश मल्होत्राले भने ।

आईएमएस बारेः

आईएमएस ग्रुप सब भन्दा छिटो बढिरहेको समूह हो जसमा २० भन्दा बढी बिभिन्न कम्पनीहरू छन् । आईएमएस नेपालमा सामसुङ्ग स्मार्टफोनको आधिकारिक वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइल फोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनी पछिल्लो २७ बर्षमा बढेको र विविधीकरण भएको छ, जुन आईएमएस समूहको ब्यानरमा रहेको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७ प्रतिशत हुने प्रक्षेपण गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले वार्षिक राष्ट्रिय तथ्याङ्क सार्वजनिक गर्दै आर्थिक वृद्धिको प्रक्षेपणबारे जानकारी गराएको हो ।

प्रतिकृया दिनुहॊस