एनआईसी बैंकद्वारा जापानबाट रेमिट्यान्स सेवा शुरु

काठमाडौं । एनआईसी एशिया बैंकले ओके रेमिट जापानसँगको सहकार्यमा जापानबाट इनवार्ड रेमिट्यान्स सेवाको शुरुवात गरेको छ ।

ओके रेमिट जापानसँगको सम्झौताअनुसार ओके रेमिटमार्फत् जापानमा रहेका नेपालीहरुले नेपालमा रहेका आफन्तहरु वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको ३०१ वटा शाखाहरु, ७० वटा विस्तारित काउण्टर, ४१ वटा शाखारहित बैंकिङ्ग तथा ९,००० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत् सरल र सुलभ रुपमा तुरुन्त भुक्तानी पाउन सक्नेछन् ।यसका साथै नजिकिँदो चाडपर्वको अवसरमा जापानमा रहेका नेपालीहरुले २०७६ असोज महिनाभर ओके रेमिट जापानबाट एनआईसी एशिया रेमिटमार्फत् भुक्तानी हुने गरी नेपालमा निःशुल्क रकम पठाउन सक्नेछन् ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ कार्यसमितिद्वारा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग शुभकामना आदानप्रदान

काठमाडौं । नेपालीहरुको महान चाड शुभ दिपावली, छठ पर्व तथा नेपाल सम्वत् ११४५ को पावन …

प्रतिकृया दिनुहॊस