काठमाडौ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओली सरकार संविधान कार्यान्वयनको बाटोमा नभइ कम्यनिस्ट घोषणा कार्यान्वनयको बाटोमा अघि बढेको बताए ।
संविधान दिवसको अवसरमा नेपाल प्रेस युनियनले बिहीबार गरेको अन्तरक्रियामा उनले सरकार सविधान बलियो बनाउनुभन्दा कम्युनिस्ट घोषणा पत्र कार्यान्ववयन गर्न अघि बढेको बताउँदै सरकारकै कारण संविधान कमजोर हुन थालेको चर्चा गरे ।
संविधानमै सभामुख र उपसभामुख फरक फरक पार्टीको हुनु पर्ने र सभामुख र उपसभामुख मध्ये एक जना महिला हुनु पर्ने व्यवस्था भए पनि कम्युनिस्ट सरकारले यो व्यवस्थाको उल्लघंन गरी सभामुख र उपसभामुख एउटै पार्टीको बनाएको बताए ।
‘संवैधानिक परिषदमा सबैको उपस्थिति होस भनेर हामीले सभामुख र उपसभामुख फरक फरक पार्टीको होस भनेका हौ । तर सरकारले परिषदमा सभामुख र उपसभामुख एउटै पार्टीको बनाएर संवैधानिक निकायलाई तर्साउन खोजेको छ’ ।उनले भने ।
दुई तिहाइको नाममा सरकारले संवैधानिक निकायहरुलाई आफू अनुकुल बनाउन खोजेको उनले बताए । उनले भने, ‘सरकारको यस्तो रवैयाले संविधान कार्यान्वयन कमजोर बनेको छ र संघीयताप्रति नै जनतामा निराशा उत्पन्न हुन थालेको छ’ ।
संविधान कार्यान्वयन गर्न इमान्दार नभएकोमा कम्युनिस्ट पार्टीका नेताहरुले आत्म समिक्षा गर्नु पर्ने उहाँको भनाई थियो । उनले भने ‘तपाईहरुले धेरै गग्ती गर्नु भएको छ । अब तपाईंहरुले आत्म समिक्षा गर्नु होस । गल्ती सच्च्याउनतीर लाग्नु होस’ ।
सरकारसँग प्रष्ट बहुमत हुँदा हुँदै पनि प्रधानमन्त्रीले समाजवादी पार्टीलाई सरकारमा ल्याउनुको उदेस्य संविधान संशोधनकोलागि नभइ सवैधानिक निकायलाई तर्साउन खोजेको चर्चा गर्दै उनले भने, ‘समाजवादी पार्टीलाई सरकारमा ल्याउनको उदेस्य संविधान संशोधनकोलागि होइन भन्ने देखियो । यसको उदेस्य संवैधानिक निकायलाई तर्साउन रहेछ’ ।
दुइ तिहाइको दम्भ देखाएर सरकारले अदालत, प्रहरी, प्रशासन, कर्मचारी, निर्वाचन आयोग प्रेस सबैतीर प्रहार गर्न खोजेको उहाँको भनाइ थियो । सरकारले संवैधानिक निकायलाई कमजोर बनाउन खोजेको मात्र नभइ प्रदेश सरकारलाई समेत अधिकार नदिएको उनँले बताए । उनले भने,‘ प्रदेश २ सरकारले मात्र नभइ कम्युनिस्ट पार्टीले नेतृत्व गरेका अन्य प्रदेश सरकारहरुले पनि हामीलाई अधिकार दिइएको छैन भन्न थालेका छन । यसबाट सरकार संघीयता प्रति आस्था राखेको देखिन्न’ ।
सरकार भ्रष्टाचार नियन्त्रण गर्न उदासिन भएको आरोप उहाँको थियो । उनले भने,‘सरकारमा पारदर्शिता र जवाफदेहिता भन्ने देखिएन’ ।
सरकारले कम्युस्टि पार्टीको घोषणा पत्र कार्यान्वयन गर्दै शक्ति आफूतीर केन्द्रित गर्न थालेको उहाँले चर्चा गरे । उनले भने,‘सरकारले मूल कानुनलाई नै गलत प्रयोग गर्न थालेको छ यो चिन्ताको विषय हो’ ।
अर्को एक प्रसङ्गमा नेता सिटौलाले अब राजतन्त्र पुनस्थार्पना हुन सम्भावना नभएको बताउदै पूर्व राजालाई पुर्व राष्टाध्यक्षको नाताले नागार्जुन दरबार प्रयोग गर्न दिन उपयुक्त हुने धाराणा राखे ।
अब सदन र सडकलाई एकाकार बनाउनु पर्छ, गगन थापा
उक्त अन्तरक्रियामा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको अलोकतान्त्रिक र असंवैधानिक गतिविधिलाई रोक्न नेपाली कांग्रेसले सडक र सदनलाई एकाकार बनाउनु पर्ने धारणा राख्नु भएको छ । उनले भने,‘सदन र सडकलाई एकाएर गरेर अघि बढ्दा सरकार आफनो निर्णयबाट पछि हट्न बाध्य हुन्छ भन्ने सरकारले गुठी विधेयक फिर्ता लिएको घटनाबाट प्रष्ट्र हुन्छ’। अब कांग्रेसले सदन र सडकलाई एकाकार बनाउनु पर्ने बेला आएको उनँको भनाई थियो ।
सदनमा सभामुखको भुमिका क्याप्टनको रुपमा नभइ सरकारको पक्षमा गोलकिपरको भुमिकाको रुपमा देखिएको बताउदै सभामुखको यस्तो भुमिकाले सरकारलाई सजिलो भएको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो, सभामुखको यस्तो व्यवहारको कारणले सरकारले सांसदले उठाएका सानो साना प्रश्नको जवाफ पनि दिने गर्दैन’ ।
सभामुखले संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न सरकारलाई कडा निर्देशन दिनु पर्नेमा उल्टै सरकारलाई असहयोग नगर्न संसदीय समितिलाई निर्देशन दिएको उहाँले चर्चा गरे ।
सभामुख सरकारको प्रवक्ताको रुपमा देखिनु भयो,भिमसेन दास प्रधान
उक्त अन्तरक्रयमा नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले पनि सदनमा सभामुखले निभाएको भुमिकाको आलोचना गरे । सभामुखले सदनमा निष्पक्ष भुमिका नभइ सरकारको प्रवक्ताको रुपमा देखिएको उनले चर्चा गरे । उनले भने,‘यो भनेको सभामुखमा संसदीय अनुभव भएको देखिएन ।
संसदमा पनि कम्युनिस्ट व्यवहार देखाए’ । आगामि दिनमा नेपाली कांग्रेसले संसदमा अरु प्रभावकारी भुमिका निभाउने उनले प्रतिबद्धता व्यक्त गरे ।




