कर्णालीमा १ लाख रूपैयाँकाे विपत दुर्घटना विमा कार्यक्रम शुरू

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले राज्यले प्रदान गर्ने सवै खालका सेवा सुविधा सरल रुपमा प्राप्त गर्नुपर्ने वताउनुभएको छ । सवै कर्णालीवासीका लागि विपद दुर्घटना विमा कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री शाहीले राज्यले दिने सवै प्रकारका सेवा–सुविधा सरलरुपमा जनतासम्म पुरयाउनु सरकारको दायित्व भएको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले विपदको उच्च जोखिममा रहेको कर्णालीका नागरिकले हरेक वर्ष ठुलो संख्यामा ज्यान गुमाउनु पर्ने अवस्थालाई हेरेर सरकारले राहात स्वरुप विमा कार्यक्रम शुरु गरेको वताउनुभयो ।

मुख्यमन्त्री शाहीले विमा रकम हेर्दा सानो देखिए पनि यो कार्यक्रमले कर्णालीका नागरिकमा दुखको वेला सरकार आफनो साथमा रहेको अनुभुति गराउने विश्वास व्यक्त गर्नुभयो । स्वास्थ्य विमाको प्रभावकारिताका वारेमा जनताको गुणासो आएको भन्दै मुख्यमन्त्री शाहीले जनगुणासो नआउने गरि यो कार्यक्रम प्रभावकारी रुपमा संचालन गर्न समेत आग्रह गर्नुभयो ।

कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता प्राप्त विपद दुर्घटना विमा कार्यक्रम आजै देखि लागु भएको छ । शुुभारम्भ कार्यक्रममै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादव र राष्ट्रिय विमा कम्पनी लिमिटेडका प्रमुख डिल्लीराज अर्यालले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा कार्यान्वयन गरिएको विमा कार्यक्रम अन्तरगत कर्णालीका हरेक नागरिकले १ लाख रुपैयाँको निशुल्क विमा सुविधा प्राप्त गर्नेछन । त्यसैगरि विपद दुर्घटनाका कारण घरमा क्षति पुगेमा प्रति घर ५ लाख रुपैयाँको विमा सुविधा प्राप्त गर्ने व्यवस्था गरिएको छ ।

विमा कार्यक्रमका लागि सरकारले चालु आवमा १ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । सामुहिक रुपमा गरिने विमाको प्रिमिएम वापत कर्णाली प्रदेशको कुल जनसंख्या १७ लाख ७० हजार मानेर प्रतिव्यक्ति सात रुपैयाँका दरले हुन आउने रकम आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विमा कम्पनीलाई भुक्तानी गर्नेछ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

कास्कीमा पहिरोमा परी दुई बालबालिकाको मृत्यु, लमजुङमा ३ घर बगाउँदा ४ जना बेपत्ता

काठमाडौं । देशभर मनसुन सक्रिय हुँदा बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । पहिराले …

प्रतिकृया दिनुहॊस