७ हेलिकप्टर काभ्रे र सिन्धुलीमा आकस्मिक अवतरण

काठमाडौँ । विभिन्न ठाँउबाट  पर्यटक बोकेर काठमाडौं आउन लागेका ७ हेलिकप्टर काभ्रेको पाँचखाल र सिन्धुलीको नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ । मौसम खराबीका कारण भिजिविलिटी कम भएपछि ति हेलीकप्टरहरु धान खेतमै अवतरण गरिएका हुन् । आकस्मिक अवतरण गराउनेमा कैलाश, मनाङ र सिम्रिक एयरका हेलिकप्टर छन् ।

अवतरण भएका सातवटै हेलिकोप्टरमा सवार यात्रुहरु सकुशल रहेका छन् । हेलिकोप्टरमा सवार यात्रुहरुमा अधिकांश विदेशी छन् ।
तपाईंको प्रतिकृया

लेखकबाट थप