रेडियो नेपालमा धर्ना बसेका पत्रकार पक्राउ

काठमाडौँ । रेडियो नेपालमा धर्ना बसेका पत्रकार पक्राउ  परेका  छन् । रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका पत्रकार पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै आन्दोलनरत पत्रकारहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पत्रकारको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै रेडियो नेपालको केन्द्रीय प्रशारण केन्द्रमा नाराबाजी गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

फोटो.ं शिवराज तिमिल्सिना

नेपाल पत्रकार महासंघका सचिवसमेत रहेका श्रमजीवी हित प्रवद्र्धन समितिका संयोजक रामप्रसाद दाहालको नेतृत्वमा रेडियो नेपालमा तालबन्दी गर्न गएका नेपाल प्रेस यूनियनका महासचिव अजयबाबु शिवाकोटी, महासंघका केन्द्रीय सदस्यहरु जन्मदेव जैशी, मीन बम, यम बिरही, प्रेस यूनियनका केन्द्रीय सदस्य दिलिप पौडेल, निस्कासन गरिएका डोटीका पत्रकार प्रकाश बम र चक्र कुँवर  पक्राउ  परेका  छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री