काठमाडाैँ । ज्योति विकास बैंकले काठमाण्डौको सिनामंगलमा नयाँ शाखाको औपचारिक उद्घाटन गरेको छ ।
बैंकिङ्ग पहुंच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ नयाँ शाखा सिनामंगलमा सञ्चालनमा ल्याइएको छ । बैंकको यस नयाँ शाखा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल प्राङ्गण भित्रै अवस्थित छ ।
काठमाण्डौ महानगरपालिका वडा नं ९, सिनामंगलस्थित ज्योति विकास बैंकको नयाँ शाखाको समुद्घाटन नेपाल नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महाप्रबन्धक राज कुमार क्षेत्री तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । कार्यक्रममा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली समेतले सम्बोधन गरेका थिए ।
हाल ज्योति विकास बैंकले १ सय २ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४१ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्षमा थप नयाँ शाखा संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । साथै यस आर्थिक बर्ष भित्र नै अन्य थप २५ स्थानबाट समेत ATM मार्फत सेवा प्रदान गर्ने तयारीमा रहेको छ ।
प्रतिकृया दिनुहॊस