नेशनल लाईफ इन्स्यारेन्स अघिल्लो आर्थिक वर्ष २०७४।०७५ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । बिहिबार बसेको सञ्चालक समितिको ४१७ औं बैठकले कूल १४ दशमलव ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस सेयर दिने वताएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ को लाभांश भने घोषणा गर्न बाँकी रहेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
तपाईंको प्रतिकृया



