कामना सेवा विकास बैंक र इष्टर्न एजेन्सीजबीच सम्झौता

काठमाडौं ।  कामना सेवा विकास बैंक  र इष्टर्न एजेन्सीज प्रा. लि. बीचमा व्यापार सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट  प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र इष्टर्न एजेन्सीजका तर्फबाट प्रबन्धक निर्देशक डिम प्रसाद पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार इष्टर्न एजेन्सीज प्रा.लि मार्फत सिफारिस भई आएका ग्राहकहरूले बैंकको सबै शाखा कार्यालयहरुबाट सहज र छरितो रुपमा आइचरका विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा लिन सक्नेछन् ।  बैंकले देशका विभिन्न स्थानमा ९८ वटा शाखा तथा ४५ वटा एटिएममार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री