शीतलहरका कारण तराईको जनजीवन कष्टकर, हवार्इ उडान प्रभावित

नेपालगञ्ज । शीतलहर  तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईको जिल्लाको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहर र बाक्लो कुहिरोले आकाश ढाकेपछि तराईका जिल्लामा घाम लाग्न सकेको छैन ।

शीतलहरका कारण सबैभन्दा बढी गर्भवती, सुत्केरी महिला, नबजात शिशु, बालबालिका जेष्ठ नागरिक र बिरामी तथा असक्तहरु बढी प्रभाबित भएका छन् ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टायफाइड, निमोनिया रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ । चिसो अध्यधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैँले जोहो गरेको दाउरा बालेर दिनभरि तापीबसेको देख्न सकिन्छ । नेपालगञ्ज नगरपालिकाले आगो ताप्न दाउरा उपलब्ध नगराएपछि स्थानीय आक्रोसित भएका छन् ।

साथै, तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत आंशिकरुपमा प्रभावित हुने गरेको नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री