माछापुच्छे बैंकको १३ नयाँ शाखाको औपचारिक उद्घाटन

काठमाडौं । माछापुच्छे बैंकले प्रदेश नंं १ र २ का विभिन्न जिल्लाहरुमा १३ नयाँ शाखा कार्यालयहरुको शुरुवात गरेको छ ।

बैंकले प्रदेश न.२ को बारा जिल्लाको सिमरा, कलैया र नीजगढ, सर्लाही जिल्लाको हरिवन, मलंगवा, लालबन्दी, धनुषा जिल्लाको ढल्केबर, सिराहा जिल्लाको गोलबजार र  सप्तरी जिल्लाको कन्चनरुपमा गरी जम्मा ९ वटा शाखा कार्यालयहरुको सुरुवात गरेको हो ।

यसैगरी, प्रदेश नं. १ को झापा जिल्लामा उर्लाबारी, सुरुङ्गा, उदयपुर जिल्लाको गाईघाट र ताप्लेजुङ्ग जिल्लाको ताप्लेजुङ्ग बजारमा गरी जम्मा ४ शाखाहरुको औपचारिक सुरुवात गरेका छन् ।

माछापुच्छ्रे बैंकले  प्रदेशमा आफ्ना नयाँ शाखासहित १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ्ग सेवामार्फत २५७ स्थानवाट ग्राहक माहानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर १५७ वटा एटीएमहरु संचालनमा रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री