आत्महत्या दुरुत्साहनमा रवि लामिछानेसहित तीनैजनाविरुद्ध अभियोगपत्र दायर

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको आरोपमा रवि लामिछानेसहित ३ जना विरुद्ध अभियोगपत्र दायर गरिएको छ । रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरूद्ध अदालतमा आत्महत्यामा दुरुत्साहन गरेको कसूरमा मुद्दा पेश गरिएको हो । मुद्दा पेश गरिएसँगै उनीहरूको बयानको क्रम सुरु भएको छ ।

बहसपछि अदालतले साधारण तारेख, धरौटी वा पुर्पक्षका लागि थुनामा पठाउनेमध्ये कुनै एक आदेश दिन सक्नेछ ।पु डासैनी गत साउन २० मा चितवनको कंगारु होटलमा मृत अवस्थामा फेला परेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री