काठमाडौं । स्याङ्जामा माछा मार्ने जालमा बेरिएर दुईको मृत्यु भएको छ। स्याङ्जाको चापाकोट .५ काउरेस्थित ज्याग्दी खोलामा माछा मार्ने क्रममा गिलाङका ५५ वर्षीय वीरबहादुर थापा र ४५ वर्षीय नीरबहादुर आलेको मृत्यु भएको प्रहरीले जनाएको छ। निरबहादुरले फालेको जालमा आफै अड्किएर खोलामा डुबेपछि बचाउन जाने क्रममा वीरबहादुर पनि जालमा बेरिएर मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया



