काठमाडौं ।सप्तरीको अग्नीसाइर कृष्णसवरण गाउँपालिका ३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको छ । दुई साताको अनुसन्धानपछि आरोपितलाई पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको प्रहरीले जनाएको छ ।
गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा साउन ५ गते राति ल्याउनु अगावै निधन भइसकेकी रञ्जुको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालय सप्तरीमा उजुरी दिएका थिए । तीन महिनाकी गर्भवती रहेकी मृतकको १० महिनाकी छोरी छन् ।
प्रतिकृया दिनुहॊस