काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीले पीडितलाई दुर्घटना बीमा दावी बापत रकम भुक्तानी गरेको छ ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ६ निवासी जीप चालक श्याम बहादुर घर्ती क्षेत्रीले लु.१ज १२२९ नम्बरको जीप सन्धिखर्कबाट प्युठान रुटमा चलाउदै गर्दा गत चैत्र २५ गते भुमिकास्थान नगरपालिका वार्ड नं. ८ लात्तेमाझ अर्घाखाँचीमा उक्त जीप दुर्घटना हुँदा यात्रुहरुको मृत्यु भएकोमा मृतकका नजिकका हकदारहरुले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका थिए ।
कम्पनीले मृतकका परिवारलाई बीमा रकम भुक्तानी गरेको छ ।
प्रतिकृया दिनुहॊस