भक्तपुरमा १२ वर्षीय बालकले गरे आत्महत्या

भक्तपुर । भक्तपुर सूर्यविनायक नगरपालिका.७ गुण्डुमा बस्ने १२ वर्षीय राजु खतिवडाले टाईको पासो लगाएर आत्महत्या गरेका छन् ।

बुधबार साँझ  राजुले आफ्नै घरको दोस्रो तलामा काठको दलिनमा स्कुल ड्रेसको टाईको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

झुण्डिरहेको अवस्थामा छोरालाई भेटेपछि बालकका बाबुले राजुको पासो फुकाई मध्यपुर अस्पतालमा लगेका थिए । तर अस्पतालले उनलाई बेलुकी ६ बजे मृत घोषित गरेको थियो । बालकले के कारणले आत्महत्या गरेका हुन भन्नेबारेमा अहिलेसम्म केही खुल्न सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री