भोली ४५ जिल्लामा साँझ ७ बजेसम्म सवारी साधान नचल्ने

काठमाडौं ।भोली हुने प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनका दिन ४५ जिल्लामा सवारीसाधन भोलि बिहीबार  साँझ ७ बजेसम्म चलाउन रोक लगाइएको छ ।मतदान सकिएपछि साँझ ७ बजेबाट भने सवारीसाधन साबिक रुपमै चल्न पाउने मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै निर्वाचनका लागि उपत्यकाबाहिर जाने मतदातालाई आज राति १२ बजेसम्म गन्तव्यमा पुग्न पनि आग्रह गरेको छ ।

मतदान हुने दिन सुरक्षा निकायका सवारीसाधन र निर्वाचन प्रयोजनका लागि पास लिएका सवारीसाधन भने चल्न पाउनेछन्। अत्यावश्यक सेवामा सूचीकृत रहेका एम्बुलेन्स, दमकल, खानेपानी, शववाहन, दुरसञ्चार तथा दूध ढुवानी गर्ने सवारीसाधनमा भने रोक लगाइएको छैन।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री