नयाँ प्रविधि सहित सार्वजनिक भयो पेमेन्ट गेटवे ‘सेलपे’, वालेटमा पैसा नराखी बैंक खाताबाटै भुक्तानी

काठमाडौं । प्रविधिको विकाससँगै भुक्तानी सेवा प्रदायक कम्पनी ‘सेलपे’ सार्वजनिक भएको छ । व्यवसायिक समुह आईएमएस ग्रूपले उक्त सेवा संचालनमा ल्याएको हो । बजारमा अहिले संचालनमा रहेका भन्दा फरक तथा नविनतम प्रविधि सहित सेलपे सार्वजनिक गरिएको कम्पनीका प्रबन्ध निर्देशक पवन प्रधानले जानकारी दिए ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशनको माध्यमबाट विना आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने छ । जसमा विभिन्न अन्तररराष्ट्रिय स्तरको सुरक्षा प्रणाली अपनाई बनाइएको छ ।

उक्त पेमेन्ट गेटवेको कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले सार्वजनिक गरेका छन् । सेलपेमार्फत दूरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्ट, सिनेमा हलहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफरलगायत सबैखालका विद्युतीय भुक्तानी गर्न सकिने प्रधानले जानकारी दिए ।

प्रधानका अनुसार सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने द्रुत, सरल तथा मितव्ययी सेवा हो । सेलपेमार्फत गरिने भुक्तानी वास्तविक समयमा कार्यान्वयन हुन्छ । जब कुनै ग्राहकले कुनै पनि भुक्तानीका लागि अनुरोध सम्प्रेषण गर्छ तब तुरुन्तै निजको बैंकको खातामा संचित रकमबाट निर्देष भए बमोजिमको रकम कट्टी भई जसलाई भुक्तानी गरिनुपर्ने हो । निजको बैंक खातामा उक्त रकम जम्मा हुनेछ । यसरी कुनै वालेट विना नै विभिन्न भुक्तानीहरु गर्न सकिनु सेलपे सेवाको मुख्य विशेषता हो ।

सेलपे सेवा अत्यन्तै भरपर्दो सेवा हो । यस सेवा मार्फत हुने सम्पूर्ण कारोवार बैंकिङ प्रणाली मार्फत सम्पन्न हुनेछ र सेलपे सेवासंग आवद्ध भएका बैंकहरुका ग्राहकहरुले सहज रुपमा यो सेवा लिन सक्नेछन् । सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्पस्टोरमा उपलब्ध छ ।

सेल पे 

सेलपे सेवा, नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्राईभेट लिमिटेडले संचालन गरेको विभिन्न किसिमका भुक्तानीहरु गरिने सेवा हो । सेलपे सेवाबाट मोवाईल तथा वेबको माध्यममार्फत आफ्नै बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ ।

सेलपे सेवा विभिन्न अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रणाली अनुपालन गरी विकसित गरिएको छ । सेलपेबाट भुक्तानी गर्दा छुट्टै वालेट बनाउन पर्दैन । भुक्तानी गर्दा वालेटमा रकम स्थानान्तरण गर्नु पर्ने जस्ता झंझटिला प्रक्रियाहरु अपनाउनु नपर्ने भएकाे छ । सेलपे सेवा एक किसिमको डिजिटल डेविट कार्ड हो ।

यस अन्तर्गत ग्राहकले आफ्नो एक वा एकभन्दा बढी बैंक खाताहरु जोड्न सक्नेछन् । सेलपे सेवाबाट मोवाईल फोन रिचार्ज, टेलिफोन, विजुली, खानेपानी, ईण्टरनेट महसुल भुक्तानी, रकम स्थानान्तरण, विक्रेता भुक्तानी, ईकमर्स तथा अनलाईन भुक्तानीहरु गर्न सकिने छ ।

कसरी लिने सेवा ?

सेलपेको सेवा गुगल प्लेस्टोर वा एप्पल एप्पस्टोर वा हाम्रो वेबसाईटमा गई सेलपे एप्प आफ्नो स्मार्टफोनमा डाउनलोड गर्नुपर्ने छ । जसमा आफ्नो विवरण केवाईसी अपलोड गरी बैंक खाताहरु जोड्न पर्नेछ । जसमा सेलपेसँग आवद्ध भएका सबै बैंक खातालाई आबद्ध गराउने सकिने छ ।  सेलपेमार्फत रकम ट्रान्सफर गर्दा न्यूनतम २ रुपैयाँदेखि २० रुपैयाँसम्म लाग्नेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से …

प्रतिकृया दिनुहॊस