एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित

काठमाडौं । एनएमबि बैंक ‘बैंक अफ दि ईयर २०१७’ द्धारा सम्मानित भएको छ । बैंकलाई लण्डन स्थित फाइनान्सियल टाइम्सद्धारा सन् २०१७ को गौरवपूर्ण उक्त सम्मान प्रदान गरिएको छ ।

एफएमओ, नेदरल्याण्ड्ससँग विदेशी साझेदारका रुपमा सहर्काय गर्दै र ग्लोबल एलायन्स फर बैंकिङ्ग अन् भ्यालुज् (जिएबिभि) को सदस्य रहेकाले बैंकको गरिमा अझ उच्च हुन पुगेकाले समेत अवार्डबाट सम्मानित हुन पुगेको बैंकले जनाएको छ ।

हालै लण्डनमा आयोजित अवार्ड वितरण समारोहमा एनएमबि बैंकका अध्यक्ष पवनकुमार गोल्याण र प्रमुख कार्यकारी अधिकृत सुनील केसीले संयुक्त रुपमा उक्त सम्मान ग्रहण गरेका छन् ।बैंक अफ दि ईयर अवार्ड विश्वव्यापी रुपमा बैंकिङ्गका लागि तोकिएको मापदण्ड अनुसार उत्कृष्ट ठहर भएका बैंकलाई दिइने प्रतिष्ठित सम्मान हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सामान्य अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको …

प्रतिकृया दिनुहॊस