यूनाईटेड इन्स्योरेन्समा प्रवद्धर्कले ४० करोड लगानी गरे, पुँजी १०२ करोड पुग्ने

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीका प्रवद्धर्कले हकप्रद सेयर लिन ४० करोड रुपैयाँ जम्मा गरेका छन् । कम्पनीले निष्काशन गर्न लागेको १ बराबर २ दशलव ४ को अनुपातमा हकप्रद सेयर लिनको लागि प्रवद्धर्कहरुले  लगानी गरिसकेको छ ।

कम्पनीमा एक प्रतिशत भन्दा बढी प्रवद्धर्क सेयर लिने सेयरधनी सबैले हकप्रदको सेयर लिएको कम्पनीले वताएकाे छ । कम्पनीले ७२ करोड ५७ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न स्वीकृति दिएको छ ।

याे कम्पनीलाई बोर्डले १ बराबर २ दशमलव ४ को अनुपातमा  वा २४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति दिएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताको लागि हकप्रद सेयर निष्काशन गर्दैछ । साउन १४ गते कम्पनीको बुक क्लोज हुने कम्पनीले वताएकाे छ ।

अहिले कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब २ करोड हुनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आईएमई लाइफ इन्स्योरेन्सको भाग्यशाली उपहार योजना कार्यक्रम सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भाग्यशाली उपहार योजना कार्यक्रम आयोजना गरेको छ। आफ्ना …

प्रतिकृया दिनुहॊस