काठमाडौं । ग्लोबल आइएमइ बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ८० करोड रुपैयाँ नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा लगभग ३३ प्रतिशतले बढी हो । असार मसान्तसम्ममा बैंकले १ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप परिचालन गरेको छ भने कर्जा लगानी १ खर्ब १४ अर्ब रुपैयाँ पुर्याएको छ ।
बैंकको सेयर पुँजी १० अर्ब ३१ करोड रुपैयाँ छ । रिर्जभसहित बैंकको कोर क्यापिटल पौने १६ अर्ब रुपैयाँ भएको छ । यस बैंकले ह्याथवे फाइनान्स एक्वाएर गर्दै छ भने जनता बैंक नेपाल पनि ग्लोबल आईएमई बैंकमा मर्ज हुँदैछ । त्यसपछि ग्लाेवल आइएमइ बैंक विभिन्न सूचकका आधारमा सबैभन्दा ठूलाे बैंक बन्ने भएकाे छ ।
तपाईंको प्रतिकृया




