कप्तान मल्लको आक्रामक ब्याटिङमा नेपालको बिस्फाेटक जित, मलेसिया ७ विकेटले पराजित

काठमाडौं । कप्तान ज्ञानेन्द्र मल्लको उत्कृष्ट ब्याटिङ गर्दा नेपाली क्रिकेट टोलीले मलेसियालाई पराजित गरेको छ । सिंगापुरस्थित इन्डियन एसोसियसन ग्राउण्डमा भएको साे खेलमा मलेसियाले दिएको ८४ रनको लक्ष्य पछ्याएको नेपालले ७.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । नेपालका लागि ओपनिङ ब्याट्सम्यानले उत्कृष्ट ब्याटिङ गर्दै मलेसिया ७ विकेटले पराजित गर्याे ।

कप्तान पारस खड्का ढाडमा समस्याका कारण मैदान बाहिर रहेकाे समयमा मल्ल कप्तान बनेका थिए । उनीले विष्फोटक ब्याटिङ गर्दै ५१ रन बनाउन सफल भए । २१ बलको सामना गर्दै ५ चौका र ३ छक्का प्रहार गरेका थिए । उता प्रदिप ऐरीले १२ रन बनाए भने विनोद भण्डारीले अविजित १२ रन बनाउँदै नेपाललाई जित दिलाउन सफल भए ।

मलेसियालाई ८३ रनमा रोक्न नेपालका सोमपाल कामीले ३ विकेट लिएका थिए  । उनले २ ओभर बलिङ गर्दै २३ रन खर्चिएर ३ विकेट लिए भने वसन्त रेग्मीले २ विकेट लिए । उता लामिछाने, करण केसीले समान १–१ विकेट लिए । यो जीतसँगै नेपालले प्रतियोगितामा २ अंक जोड्न सफल भएकाे छ । पराजित मलेसियाको पनि अंक २ नै रहेकाे  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री