असुरक्षित गर्भपतन गराउँदा युवतीको मृत्यु

काठमाडौं ।  असुरक्षित गर्भपतन गराउँदा पर्सामा एक अविवाहित  युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका ६ की २० वर्षीया किशोरी  सावित्रीकुमारी शर्मा छिन् ।

रक्सौलमा गएर  असुरक्षित रुपमा गर्भपतन गराएपछि गम्भीर बिरामी भएकी युवतीको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले असुरक्षित रुपमा गर्भपतन गराएको अभियोगमा युवतीका प्रेमी पर्साको पोखरिया नगरपालिका ६ घर भएका सिकेन्द्र प्रसाद चौहानलाई  पक्राउ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री