उत्तरपुस्तिकामा नम्बर थपघटको आरोप लागेका त्रिवि पूर्वकर्मचारीद्वारा हामफालेर आत्महत्या

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले बिहीवार घरको छतबाट हाम फालेर आत्महत्या गरेका छन् । उनले त्रिपुरेश्वरस्थित राधा भवनको ६ तलाबाट हामफालेर आत्महत्या गरेका हुन । त्रिपुरेश्वरस्थित राधा भवन परिसरमा बिहीबार दिउँसो उनी मृत भेटिएको प्रहरीले वताएकाे छ ।

पाण्डेमाथी परीक्षार्थीको नम्बर थपघट गरेको आरोप लागेका  बिहीबार ल फर्ममा जाँदा वकिललाई नभेटेपछि तनावमा रहेका उनले सोही भवनको तलाबाट हामफालेका थिए । पाण्डेकोे घटनास्थलमै मृत्यु भएको थियो ।

त्रिविका उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरी आफन्तलाई उत्तीर्ण गराएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेसहित १० जनालाई विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सभामुख कम्बोडिया गएका बेला संसद्का सचिवले दिए राजीनामा

काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले पदबाट राजीनामा दिएका छन् । अधिकारीले राष्ट्रपति रामचन्द्र …

प्रतिकृया दिनुहॊस