काठमाडौँ । नेपालको लागि अनरको आधिकारिक बिक्रेता क्रेटोस टेक्नोलोजिज प्रा. लि.ले ‘अनर ८एस’ नेपाली वजारमा ल्याएको छ ।
कम्पनीले यो फोन मध्यमवर्गका उपभोक्तालाई लक्षित गरी ल्याएको जनाएको छ । ‘अनर ८एस’ मा ५.७१ इन्चको ड्यू ड्रप नच डिस्प्ले, १३ एमपी एफ/१.८ को प्राइमरी क्यामेरा र ५ एमपी एफ–२.२ को सेल्फी क्यामेरा रहेको छ ।
फोनमा पछाडी एउटामात्र क्यामेरा भएपनि यसको वाइडर अपार्चार साइजका कारण यसले अविश्वसनीय इफेक्ट दिन्छ ।
रिजोलुसन एचडी प्लस, १९.९ एस्पेक्ट रेसियो २९५ पीपीआई, २ जीवी र्याम, ३२ देखि ५१२ जीवीसम्मको स्टोरेज यस फोनमा छ । ‘अनर ८एस’ को मुल्य १ हजार ५ सय तोकिएको छ ।
तपाईंको प्रतिकृया




