आज साउने संक्रान्ति पर्व मनाइँदै

काठमाडौं । आज साउन १ गते अर्थात साउने संक्रान्ति पर्व मनाइँदैछ ।   ज्योतिष शास्त्रानुसार सौर तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायन हुने भएकाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिन्छ ।

साउन महिना  शिवको उपासनाको महिना हो । साउन शिवको प्रिय महिना हो । किनभने यसले शीतलता प्रदान गर्दछ । हर चिज, जसले शीतलता प्रदान गर्दछ, त्यो शिवको प्रिय हो ।

आज लुताे फाल्ने दिनफलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिराजस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वास रहिआएको छ ।

विवाहीत महिलाहरू आजदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र बस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री