काठमाडौं । साना किसान विकास बैंक (लघुवित्त )लाई सरकारले १ अर्ब रुपैयाँ अनुदान दिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा तथा गभर्नर चिरञ्जीवि नेपालको उपस्थितिमा राष्ट्र बैंकले साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालालाई अाज एक अर्ब रुपैयाँ हस्तान्तरण गरेको हो ।
सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा साना किसान विकास बैंकलाई १ अर्ब रुपैयाँ दिने घोषणा गरेको थियो । तर, अहिले भने ग्रामीण स्वावलम्बन कोषको १ अर्ब रुपैयाँ हस्तान्तरण गरिएको हो । साना किसान विकास बैंकको कृषि कर्जा कार्यक्रम प्रभावकारी बनाउन संस्थागत सुधार गर्दै, मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा पहुँच सुनिश्चित गर्न साना किसान विकास बैंक मार्फत परियोजना कै धितोमा सहुलियतपूर्ण कर्जा प्रवाह गर्न १ अर्ब रुपैयाँ बजेट व्यवस्था गरेको अर्थमन्त्री खतिवडाले बताएका थिए ।
साना किसान विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कोइरालाका अनुसार हाल सम्म यस संस्थाले करिब ९ लाख किसानलाई ६ अर्ब रुपैयाँ बिनाधितो कर्जा प्रवाह गरेको छ ।



