सेजनको अधिवेशन भदौ १४ गते, अध्यक्षमा गौतम र ढकालकाे चर्चा

काठमाडौँ । आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २० औँ वार्षिक साधारणसभा तथा अधिवेशन भदौ १४ गते हुने भएको छ । सेजनकाे कार्य समितिको बैठकले भदौ १४ गतेसाधारण सभा गर्ने निर्णय गरेको हो ।

साे साधारणसभा र अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचनमा सहभागी हुन साउन मसान्त भित्र सदस्यता नबिकरण गरारासक्नु पर्ने निर्णय भएको सेजनका महासचिव भीम गौतमले जानकारी दिएका छन्।

सेजनको भावी नेतृत्वका लागि भीम गौतम र मोदनाथ ढकालले अध्यक्षमा प्रतिस्पर्धा गर्ने वताइएको छ । गौतम सेजनका वर्तमान महासचिव हुन् भने ढकालले याे भन्दा अघिल्लाे कार्यकालमा अध्यक्ष पदमा प्रतिपर्धा गरेका थिए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस