एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सेवासम्बन्धी सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटल प्राइभेट लिमिटेड ग्वार्कोबीच सेवासम्बन्धी सम्झौता सम्पन्न भएकाे छ । साे सम्झौतापत्रमा विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलका विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन् ।

साे बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । करिब १६ लाख ग्राहक रहेको यस बैंकले मुलुकभर २९० शाखा कार्यालयहरु, ३०२ एटिएम, ४७ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री