दार्चुलामा युवक–युवती होटलको कोठामा झुण्डिएको अवस्थामा फेला

दार्चुला । दार्चुलाको महाकाली नगरपालिका ४ खलंगा बजारमा रहेको विष्ट बियर बारको एक कोठामा एक युवक र एक युवती झुण्डिएको अवस्थामा फेला परेका छन् ।

शैल्यशिखर नगरपालिका५ का करिब २८ वर्षीय महादेव डागा र मालिकार्जुन–४ औतालेककी करिब २२ वर्षीया मनिषा रावल पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

उनीहरु सोमवार राती ८ बजे खाना खाएर होटलको कोठामा गएका थिए। बिहान उनीहरु मृत फेला परेका हुन्। उनीहरु नाताले दाई बहिनी हुन्। महादेवले यसअघि नै दुई विवाह गरिसकेका थिए भने मनिषा पनि विवाहित हुन्।

बारेमा news

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस