वैदेशिक रोजगार विभागका महानिर्देशक पक्राउ

काठमाडौं ।  वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो ।

मंगलबार विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र नायब सुब्बा खड्गबहादुर केसीलाई १० लाख रुपैयाँसहित पक्राउ गरेपछि उनीहरुको वयानका आधारमा पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियार स्रोतले जनाएको छ।

वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री