काठमाडौँ । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको एघारौं वार्षिक साधारण सभा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान विराटनगर मोरङमा सम्पन्न भएको छ ।
वार्षिक साधारण सभामा कम्पनी संचालक समितिका अध्यक्ष केशवप्रसाद भट्टराईले मन्तब्य सहित बार्षिक पेश गरेका थिए । उक्त सभाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर (लाभांश) सहित कर प्रयोजनको लागि रु. ७१,४८,८४२।- ( नगद लाभांश) पारित भएको छ । मोरङमा सम्पन्न साधारण सभामा प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।
तपाईंको प्रतिकृया




