रोल्पा। आफ्नै विद्यार्थीलाई कुटपिट गरी घाइते बनाएको अभियोगमा रोल्पा रुन्टीगढी गाउँपालिका-८ स्थित भानु आधारभूत प्रा.वि. मगरगौरीमा राहत कोटामा कार्यरत सोही ठाउँ बस्ने २५ वर्षीया शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले पक्राउ गरेको छ ।
पुनले जेठ १२ गते सोही स्कुलमा अध्ययनरत १४ जना विद्यार्थीहरुलाई स्कुल किन ढिला आएको भन्दै कुटपिट गर्दा विद्यार्थीहरु घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि दाङको तुल्सीपुर लगिएकोमा उपचार पश्चात् फिर्ता भएका छन् ।
तपाईंको प्रतिकृया




