‘दैवीय शक्ति’ पाउने अन्धविश्वासले छिमेकी बालककाे ‘बलि’

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा ‘शक्तिशाली’ हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि  चढाईएको खुलेको छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ गते  बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे ।

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएकी थिईन् । सोही बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

महताेले गर्ने धामीझाक्रीकाे काममा दखल बढाएर शक्तिशाली हुने अन्धविश्वासले आप्नै आँगनमा धारिलाे हतियारले रेटेर बालककाे हत्या गरेकाे खुलेकाे हाे। बालकको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेेर अनुसन्धान गरिरहेकाे थियाे । बिहान उनकै घरदेखि करिब ७५ मिटरपूर्वको बाँसघारीमा शव भेटिएको थियो । घाँटीको पछाडिको भाग काटिएको अवस्थामा शव फेला परेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री