नेपाली यू-१९ टोली बंगलादेश जाँदै

काठमाडौं । यू १९ एसिया कप क्रिकेटको लागि अभ्यास खेल खेल्न नेपाली टोली सोमबार बंगलादेश जाने भएको छ ।

बंगलादेश क्रिकेट बोर्डका अनुसार नेपालले घरेलु टोलीसँग बिहीबार, शनिबार र आइतबार ३ वटा म्याच खेल्ने छ ।

नेपाली टोलीका प्रशिक्षक विनोद दासले आफूहरुले बंगलादेशमा खेल्ने इच्छा प्रकट गर्दै पत्राचार गरेको र त्यहीअनुसार कार्यक्रम हुने जानकारी आफूलाई आएको बताए ।

खेल क्रिडा शिखा प्रतिष्ठानमा हुने बंगलादेश क्रिकेट बोर्डले जनाएको छ ।

यू १९ एसिया कप क्रिकेट आगामी नोभेम्बर ९ देखि २० सम्म मलेसियामा हुँदैछ । त्यसमा एसियाका टेष्ट खेल्ने राष्ट्रहरुसहित आयोजक मलेसिया र नेपाल सहभागी हुँदैछन् ।

अनलाइनखबरबाट

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपालले ओमानलाई ५६ रनले हरायो

काठमाडौं । क्यानडामा जारी त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई पराजित गरेको छ । क्यानडाको किङ …

प्रतिकृया दिनुहॊस