????????????????????????????????????

नेपाल लाइफ इन्स्योरेन्स रेकर्ड, चुक्ता पुँजी साढे ५ अर्बको पुग्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँको पुगेको छ । जीवन बीमा कम्पनीमा सबैभन्दा बढी पुँजी भएको कम्पनी नेपाल लाइफ इन्स्योरेन्स हो । विगतदेखि नै ठूलो पुँजी र बीमा शुल्क आर्जनमा पहिलो रहेको नेपाल लाइफ चुक्ता पुँजीमा हरेक वर्ष नयाँ  रेकर्ड राख्न माहिर देखिन्छ ।

 

 उन्नाइसौं बार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२३.५० (कर सहित) वितरणको प्रस्ताव पारित भएको छ । बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी जीवन बीमा क्षेत्रकै सर्वाधिक ५ अर्ब ४९ करोड पुग्ने  कम्पनीले वताएको छ।

अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संघईले समिक्षा बर्षमा कम्पनीले कुल बीमाशुल्क आम्दानीमा सर्वाधिक करिब ३२ प्रतिशत बजार हिस्सा हासिल गर्न सफल भएकोमा सम्बद्ध सबैमा शुभकामना व्यक्त गरे ।

सभाबाट आ.व.२०७४/०७५ को संचालक समितिको बार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, नगद प्रवाह विवरणहरु एवं कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा गरिएको संशोधन प्रस्तावहरु सभाद्वारा स्वीकृत भएको छ ।

हाल यस कम्पनीको लगानी ६७ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष ५९ अर्ब रुपैयाँ र शेयरधनी कोष १० अर्ब ४० करोडभन्दा बढी रहेको छ । कम्पनीमा १,२२,००० भन्दाबढी प्रशिक्षित अभिकर्ता रहेका छन् । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ७७ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २५ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाल लाइफद्वारा पहिलो त्रैमासको व्यापार समीक्षासहित आगामी रणनीति तर्जुमा

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय ‘बिजनेस रिभ्यू मिट’सम्पन्न गरेको छ । काठमाडौँमा …

प्रतिकृया दिनुहॊस