हिमालयन बैंकको नाफा बढ्याे

काठमाडौं । हिमालयन बैंकको नाफा बढेको छ । चालु आ.व. को ९ महिनामा बैंकको नाफा ९.६ प्रतिशतल बढेको हो । गत वर्षको अवधिमा १० अर्ब निक्षेप र ९ अर्ब कर्जा प्रवाह गरेको बैंकले उक्त अवधिमा खुद ब्याज आम्दानी ५५ करोड रुपैंयाले बढाएको देखिएको छ ।

८ अर्ब ५२ करोड चुक्ता पुँजी भएको बैंकले एक वर्षको अवधिमा रिजर्भको आकार करिब ६७ करोड रुपैंयाले बढाएर ५ अर्ब १९ करोड पुर्याएको छ ।

उक्त अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात बढेको छ भने कस्ट अफ फण्ड पनि बढेको छ तर बेसरेटमा भने बैंकले ३२ बेसप्वाइनटको सुधार ल्याउँदा ९.१० प्रतिशत कायम भएको छ । बैंकले ब्याजको स्प्रेडदर ४.५० प्रतिशत कायम गरेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री