काठमाडौं । ग्लोबल आइएमइ बैंकले फेरि अर्को संस्था एक्वायर (प्राप्ति) गर्ने भएको छ । आधा दर्जन बढी संस्था मर्जर र एक्वायर गरेको ग्लोबल आइएमइ बैंकले हाथवे फाइनान्सलाई एक्वायर गर्ने भएको हो ।
आइतबार नेपाल राष्ट्र बैंकले ग्लोबल आइएमइ बैंकलाई हाथवे फाइनानस एक्वायर गर्न सैद्दान्तिक सहमति दिएको हो । त्यस्तै, राष्ट्र बैंकले साइन रेसुङ्गा विकास बैंक र पूर्णिमा विकास बैंकलाई मर्जरको सैद्दान्तिक सहमति दिएको छ । ग्लोब आइएमइ बैैंकले आइएमइ फाइनान्स, लर्डबुद्ध फाइनान्स, कमर्ज एण्ड ट्रष्ट, गुल्मी विकास बैंक, रिलायवल डेभलपमेन्ट बैंक, सोसल डेभलपमेन्ट बैंकलगायत १० वटा संस्थालाई मर्ज तथा एक्वायर गरिसकेको छ ।
तपाईंको प्रतिकृया




