बाराको हुरी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

काठमाडौं ।  बाराको हुरी प्रभावित क्षेत्रमा शैक्षिक सामग्री वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।

मजोङ्ग फाउण्डेसन तथा वरिष्ठ साहित्यकार डा. रवीन्द्र पाण्डेको सहयोग र जीएचआरडीको आयोजनामा बाराको फेटा गाउँपालिका २ मा पीडितहरुको स्वास्थ्य जाँच तथा औषधि वितरण र बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको   हो।

शैक्षिक सामग्री वितरण पश्चात पर्साका अभिषेक तिवारीको नेतृत्वमा काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु एयाक्टिभ अधिकारी, अभिनिश मिश्र, सुकोमल भट्टराई, महिला स्वयम्सेविका कल्पना शाहबाट विमारी तथा घाइतेहरूको स्वास्थ्य जाँच एवं औषधि वितरण भएको थियो।

उक्त कार्यक्रमलाई वीर गणेशमान सिंह फाउन्डेसन, सिएसी नेपाल, रियो, नेपाल होष्टल एशोसिएशन, शिखर युवा क्लब लगायत संस्थाहरुबाट सहयोग‌ रहको थियो।

  गत  चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित बालबालिकाहरुका लागि आयोजित उक्त कार्यक्रमको संयोजन जीएचआरडी नेपालका प्रमुख सुरज भट्टराईले गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप