गरिमा विकास बैंकको चार नयाँ शाखा विस्तार

काठमाडाैँ । गरिमा विकास बैंकले सुर्खेत जिल्लाको बीरेन्द्रनगर, बाँके जिल्लाको चप्परगौडी, लमजुङ जिल्लाको बेसीशहर र नुवाकोट जिल्लाको बट्टारमा नयाँ शाखा कार्यालयको औपचारिक समुद्घाटन गरेको छ ।

बीरेन्द्रनगर शाखाको उद्घाटन बीरेन्द्रनगर नगरपालिकाका मेयर देव कुमार सुवेदी, चप्परगौडी शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक नेपालगञ्ज कार्यालयका नायब निर्देशक नारायण पोखरेल, बेसीशहर शाखाको उद्घाटन बेसीशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल र बट्टार शाखाको उद्घाटन विदुर नगरपालिकाका मेयर सञ्जु पंडितले गरेका हुन् ।

हालसम्म बैंकले ७२ शाखा र १८ वटा एटीएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । बैंकले निकट भविष्यमा नै देशका विभिन्न स्थानहरुमा १९ शाखाकार्यालयहरु स्थापना गर्दैछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस