बैशाखबाट दैलेखमा मिथेन ग्यासको उत्खनन् गरिँदै

दैलेख  । पेट्रोलियम मिथेन ग्यासको उत्खनन आगामी वैशाखको तेस्रो हप्तादेखि गरिने भएको छ ।  चीनका तर्फबाट चाइना जिओलोजीकल सर्वेका भाइस प्रेसिडेन्ट वाङकुल र नेपालका तर्फबाट खानी तथा भू–गर्व विभागका महानिर्देशक सोमनाथ सापकोटाबीच बेइजिङमा सम्झौता भएपछि उक्त पेट्रोलियम मिथेन ग्यासको उत्खननका लागि सरकार तयार भएको हो ।

वि.सं २०७२ नाकाबन्दीसँगै मुलुकभर पेट्रोलियम पदार्थको चरम सङ्कट परेपछि वि.सं २०७२ मङ्सिर २१ गते तत्कालीन सरकारका उद्योगमन्त्री सोमप्रसाद पाण्डेसहितको टोलीले दैलेखको शिरिस्थानमै आएर पेट्रोलियम पदार्थको अनुसन्धान गरी उत्खननको घोषणा गरेको थियो ।

त्यसबखत अनुसन्धान गरी चीन फर्केको टोलीले पेट्रोलियम पदार्थ मिथेन ग्यास भएको पुष्टि गरेपछि दोस्रोपटक प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन गर्न चीनको कम्पनीसँग सम्झौता गरे लगत्तै उत्खनन हुने भएको हो ।

खानी तथा भू–गर्व विभागका परियोजना प्रमुख सुदीप रजौरेका अनुसार वैशाख १८ देखि औपचारिकरुपमा उक्त कार्यको थालनी हुनेछ । मिथेन ग्यास हो भनेर प्रमाणित भइसक्यो, अब कति परिमाणमा छ, कहाँ छ, उत्खनन् गर्दा हुने परिमाण र लागतको विवरण बाँकी रहेको उनले बताए ।

खानी तथा भू–गर्व विभागले पहिला नै दैलेखको खोलामा बगेको पेट्रोलियम पदार्थको नमूना सङ्कलन गरेर काठमाडौँ पुर्‍याएको १५ वर्षपछि ग्यास उत्खनन् हुने भएपछि दैलेखका उद्योगी व्यापारी खुशी भएका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

राष्ट्रपतिबाट संविधानको धारा ७६ (२) बमोजिम सरकार गठनको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविदहरुसँगको समेत परामर्शपछि संविधानको धारा ७६ को उपधारा २ बमोजिम …

प्रतिकृया दिनुहॊस