मुक्तिनाथ विकास बैंक र महालक्ष्मी लाईफ इन्स्योरेन्सबीच बीमा सेवा सम्झौता

काठमाडौँ ।मुक्तिनाथ विकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडबीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा  बैंकको तर्फबाट कार्य वाहक प्रमुख कार्यकारी अधिकृत तुलबहादुर गुरूङ्ग र  इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले हस्ताक्षर गरे।

सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकले सम्पूर्ण शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्सको जीवन बीमा योजनाहरु बिक्री गर्नेछ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप