काठमाडौं । सरकारले बरोजगार पहिचान गरी रोजगारी दिनका लागि आवेदन माग गरेको छ। रोजगारीको हकसम्बन्धी अधिकार कार्यन्वयनका लागि बेरोजगारको निवेदन माग गरिएको हो।
आवेदन चैत महिनाभर दिन सकिनेछ। १८ वर्ष पुरा भई ६० वर्ष ननाघेकाले यसमा आवेदन दिन सक्नेछन्। आवेदन दिइसकेपछि स्थानीय तहको रोजगार सेवा केन्द्रले बेरोजगार भए नभएको अध्ययन गर्नेछ। वर्षमा न्यूनतम एक सय दिन पनि रोजगार नपाएकाहरुको तथ्यांक संकलन हुनेछ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत आगामी आर्थिक वर्ष २०७६/७७ को लागि रोजगारी दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ले सार्वजनिक सूचना आह्वान गरेको हो।
सरकारले चालु आर्थिक वर्षमा नै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारी दिने गरी बजेट विनीयोजन गरे पनि निवेदन भने आगामी आर्थिक वर्षका लागि माग गरिएको छ।
प्रतिकृया दिनुहॊस